﻿१ इतिहासको पुस्तक.
1.
आदम, शेत, एनोश, 
केनान, महलालेल, येरेद, 
हनोक, मतूशेलह, लेमेक । 
नोआका छोराहरू शेम, हाम र येपेत थिए । 
येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए । 
गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए । 
यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए । 
हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए । 
कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए । 
कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए । 
मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू, 
पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने । 
कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने । 
तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू, 
हिव्‍वीहरू, अरकीहरू, सिनीहरू, 
अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने । 
शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए । 
अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए । 
एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो । 
योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 
हदोरम, ऊजाल, दिक्‍ला, 
ओबाल, अबमाएल, शेबा, 
ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए । 
शेम, अर्पक्षद, शेलह, 
एबेर, पेलेग, रऊ, 
सरूग, नाहोर, तेरह, 
अब्राम जो अब्राहाम थिए । 
अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए । 
तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम, 
मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा, 
यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए । 
अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए । 
मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए । 
अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए । 
एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए । 
एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए । 
रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए । 
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए । 
लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो । 
शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो । 
अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए । 
एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए । 
इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो । 
बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए । 
योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए । 
हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो । 
हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए । 
सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए । 
शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे । 
अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ । 
हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत, 
प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन, 
प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार, 
प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए । 
