﻿१ इतिहास.
2.
इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून, 
दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर । 
यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो । 
तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए । 
फारेसका छोराहरू हेस्रोन र हामूल थिए । 
जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए । 
कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए । 
एतानका छोरा अजर्याह थिए । 
हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए । 
राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए । 
नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने । 
बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने । 
यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ, 
काहिंला नतनेल, ठाहिंलो राद्दै, 
अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने । 
तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए । 
अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए । 
हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए । 
अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ । 
हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने । 
पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ । 
सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे । 
गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए । 
हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् । 
हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए । 
यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ । 
यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए । 
ओनामका छोराहरू शम्‍मै र यादा थिए । शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए । 
अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ । 
नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे । 
अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए । 
शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे । 
जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए । 
अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो । 
शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌ । 
अत्तै नातानका पिता र नातान जाबादका पिता बने । 
जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने । 
ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने । 
अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने । 
एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने । 
शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने । 
यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए । 
हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए । 
शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्‍मैका पिता बने । 
शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए । 
कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने । 
यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए । 
कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् । 
तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए । 
एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल, 
बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए । 
किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा, 
र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए । 
सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, 
अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन् 
