﻿भजनसंग्रह.
131.
हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु । 
वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ । 
ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् । 
