﻿भजनसंग्रह.
134.
हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ । 
पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर । 
परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो । 
