﻿प्रेरित.
14.
आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्‍वास गरे । 
तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए । 
त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो । 
तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे । 
जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे, 
यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए 
र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे । 
लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन । 
पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे । 
यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो । 
जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।” 
तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए । 
जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे । 
तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए । 
र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो । 
विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो । 
तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’ 
यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके । 
तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । 
तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए । 
सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए । 
तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए । 
जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । 
त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । 
पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । 
त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए । 
तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए । 
तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे । 
